Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • समानुपातिक निर्वाचनका लागि १० गतेबाट दल दर्ता


    बुधबार, भाद्र ८ २०७९
    960
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । समानुपातिकबाट निर्वाचनमा भाग लिन चाहाने राजनीतिक दललाई निवेदन दिन आग्रह गरिएको छ ।  निर्वाचन आयोगले सूचना जारी गर्दै समानुपातिक निर्वाचनमा भाग लिने राजनीतिक दललाई निवेदन दिन आग्रह गरेको हो  । 

    समानुपातिकबाट आसन्न मंसिर ४ गते हुने संघीय र प्रदेश चुनावमा भाग लिने आगामी भदौं १० गते देखि १२  गतेसम्म दल दर्ता गरिसक्नु पर्ने आयोगले जनाएको छ । 

    आयोगका अनुसार समानुपातिक तर्फको निर्वाचनमा भाग लिन चाहाने राजनीतिक दलले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिनु पर्ने छ।

    यसअघि निर्वाचन प्रयोजनका लागि ८७ राजनीतिक दलले आयोगमा दल दर्ता गरी सकेका छन् । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार