Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पहिलो महिनामै घट्यो वैदेशिक व्यापार


    बुधबार, भाद्र ८ २०७९
    520
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । सरकारले स्वदेशी वस्तु निर्यातलाई जोड दिँदै वैदेशिक व्यापार बढाएर मुलुकलाई आर्थिक रूपमा सम्पन्न बनाउने लक्ष्य लिए पनि चालू आर्थिक वर्ष २०७९/८० को पहिलो महिना साउनमै व्यापार घटेको छ ।

    चालू आव सुरुवाती महिना गत साउनमा निर्यात मात्र नभएर आयातसमेत घटेको छ । विगतका तीन वर्ष कोरोना विश्व महामारी बहाना बनाएर पन्छिँदै आएको सरकार वैदेशिक व्यापारमा नकारात्मक सूचकसहित चुकेको छ ।

    भन्सार विभागले चालू आवको सुरुवाती महिना साउनमा गत वर्षको सोही अवधिको तुलनामा वैदेशिक व्यापार घटेको देखाएको छ । विभागका अनुसार गत साउनमा कुल १ खर्ब ४६ अर्ब ९ करोड ५७ लाख ६६ हजारबराबरको वैदेशिक व्यापार भएको छ । यो गत आवको साउनको तुलनामा १४ दशमलव ८१ प्रतिशतले कम हो । आजको राजधानी दैनिकबाट 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार