काठमाडौँ । देशका चार वटा प्रदेशमा पानी पर्ने अनुमान गरिएको छ । आज प्रदेश १, बागमती , कर्णाली र सुदूरपश्चिम प्रदेश वर्षा हुने अनुमान गरिएको हो ।
प्रदेश १, बागमती प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरुमा मेघ गर्जन तथा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
दिउँसो भने चार प्रदेशका पहाडी भू– भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू–भागमा आंशिक बदली देखि सामान्यता सफा रहने मौसम पुर्वानुमान शाखाले जनाएको छ ।
रातमा भने प्रदेश १ र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक–दुई स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोमौसम पुर्वानुमान शाखाले जनाएको छ ।