काठमाडौँ ।सामुदायिक वनबाट सालका काठ तस्करी गर्ने चार जना पक्राउ परेका छन् । चितवनको भरतपुर महानगरपालिका ११ स्थित सडकमा अवैध रुपमा काठ तस्कर गर्ने उनीहरुलाई हिजो प्रहरीले नियन्त्रणमा लिएको हो ।
चितवनबाट खटिएको प्रहरी टोलीले २८ वर्षीय मञ्जिल श्रेष्ठ, २७ वर्षीय अनमोल तामाङ, २४ वर्षीय अभिषेक मगर र २५वर्षीय सुवास श्रेष्ठलाई पक्राउ गरेको हो ।
साइकलमा लोड गरी ल्याइरहेको अवस्थामा उनीहरुको साथबाट ७ दशमलव ३१ क्युफिटको काठ बरामद गरिएको छ । पक्राउ परेका चारै जनालाई काठसहित आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय भरतपुर चितवन पठाईएको प्रहरीले जनाएको छ ।