काठमाडौँ । कैलालीमा एक बालिका बलात्कृत भएकी छन् । ११ वर्षिया बालिकालाई जबरजस्ती करणी गरेको आरोप किशोर पक्राउ परेका छन् ।
टीकापुर नगरपालिका,७ वेलुवा बस्ने १८ वर्षीय किशोरलाई हिजो प्रहरीले नियन्त्रणमा लिएको हो ।
किशोरले ती बालिकालाई आइतबार साँझ करणी गरेको प्रहरीले जनाएको छ । ती किशोरलाई टीकापुरबाट खटिएको प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको छ ।