Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन, सवारीसाधन नियन्त्रणमा


    मंगलबार, भाद्र ७ २०७९
    580
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । झापामा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गरी ओसारपसारमा गर्ने दुई टिपर र चार ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अर्जुनधारा नगरपालिका १ स्थित विरिङ खोलाबाट अवैध रूपमा नदीजन्य सामग्री उत्खनन गरी ओसारपसार गर्ने उक्त सवारीसाधनलाई हिजो प्रहरीले नियन्त्रणमा लिएको हो । 

    जसमा मे १ त ६३४०, प्रदेश-१-०१-००१ त ८२३९, को १ त ६४४ र मे १ त ५१३६ नम्बरको ट्याक्टर तथा प्रदेश-१-०१-००१ क ११२४ र वाग्मती प्रदेश-१-०६ ख ३६४७ नम्बरको टिपर रहेका छन् । 

    अर्जुनधारा १ बाट ट्याक्टरहरूले तथा अर्जुनधारा ८ स्थित विरिङ नदीबाट टिपरहरूले नदीजन्य सामग्री ढुवानी गरिरहेको अवस्थामा समातिएको झापाका डीएसपी बसन्त पाठकले जानकारी दिए ।  उनका अनुसार छ वटै टिपर र ट्याक्टरहरू आवश्यक कारबाहीका लागि अर्जुनधारा नगरपालिकामा बुझाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार