Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सप्तरीमा प्रहरी र स्थानीयबीच झडप हुँदा प्रहरीले गर्यो ३ राउन्ड हवाइ फायर


    मंगलबार, भाद्र ७ २०७९
    750
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। तस्करी गरेर ल्याइएको समान बरामद गर्ने क्रममा सप्तरीको बलान विहुल गाउँपालिका–४ बेल्हीमा मंगलबार अपरान्ह  स्थानीय र सुरक्षाकर्मीबीच झडप हुँदा प्रहरीले ३ राउन्ड गोली चलाएको छ।

    उक्त झडप भएको स्थितिलाई  शान्त अर्थात् नियन्त्रणमा लिन हवाइ फायर गरेकाे सप्तरीका प्रहरी प्रवक्ता  माधवप्रसाद काफ्लेले जानकारी दिए। उनका अनुसार कुनै अप्रिय घटना हुन नदिन प्रहरीले ३ राउण्ड हवाइ फायर गरेको हाे ।

    घर खानतलासी गर्न पुगेका प्रहरीलाई रोक्न खोजे पछि विवाद चर्किएको थियो । विवाद धेरै बढ्दै जाँदा प्रहरी र स्थानीयबीच दोहोरो झडप भएको थियोे ।

    त्यस झडपमा परेर केही प्रहरी र स्थानीय घाइते भएका प्रहरी प्रवक्ता काफ्लेले बताए। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार