काठमाडौं । हिजो भदौं ६ गते बसेको बैठकमा सरकारले केही मन्त्रालयमा अस्थायी दरबन्दी थपेको छ र ती निर्णयहरु सार्वजनिक गरेको छ । यस बैठकले राष्ट्रसेवक कर्मचारी र श्रमिकहरूको न्यूनतम तलबभत्ता र पारिश्रमिक पुनरावलोकन गर्न आवश्यक अध्ययन गरी सिफारिस गर्न उच्चस्तरीय तलव सुविधा आयोग गठन गरेको छ ।
हिजो बसेको मन्त्रिपरिषद् बैठकले चालू आ.व.को लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत २०४ जना राजपत्रांकित पदहरूको अस्थायी दरबन्दी थपेको थियो । त्यस्तै शहरी विकास मन्त्रालयअन्तर्गत सञ्चालन हुने आयोजनाहरूमा राजपत्रांकित श्रेणीका ३८० अस्थायी दरबन्दी थपिएको छ ।