काठमाडौँ। पूर्वपश्चिम राजमार्गको किरणनाला र नेपालगञ्ज-कोहलपुर सडकखण्डको झण्डहवाचोकमा बमजस्तो देखिने शंकास्पद वस्तु फेला परेको छ ।
जिल्लाको झण्डहवाचोक र किरण नालाको पुलमाथि रातो टेपले बेरेको शंकास्पद वस्तु फेला परेको इलाका प्रहरी कार्यालय, कोहलपुरका डीएसपी ऐनबहादुर मल्लले बताए ।
शंकास्पद बस्तु फेला परेपछि दुवैतर्फको सडकखण्ड अवरुद्ध गरिएको छ। घटना बारे थप अनुसन्धान भइरहेको डीएसपी ऐनबहादुर मल्लले बताए ।