Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बीमा रकमको लोभमा आफ्नै टिप्परमा आगजनी गरेपछि … 


    मंगलबार, भाद्र ७ २०७९
    950
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। दाङमा बन्दको मौका छोपेर बीमा रकमको लोभमा चालक र सहचालकले आज बिहान आफ्नै टिप्परमा आगजनी गरेको पाइएको छ।

    नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सहित चार दलले आयोजना गरेको बन्दका दिन मंगलबार बिहान दाङको लमही-घोराही सडकखण्डको बबईखोला पुल नजिकै रा १ ख १६९४ नम्बरको टिप्परमा आगजनी गरिएको थियो।

    त्यस घटनाबारे अनुसन्धान गर्दा चालक र सहचालकले नै आगजनी गरेको जानकारी पाएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी सुरेश काफ्लेले बताए।  काफ्लेले भने- अनुसन्धान गर्दै जाँदा टिप्पर मालिकको सहमतिमा नै बीमा रकमको प्रलोभमा बिग्रेको गाडीमा चालक र सहचालकले आगजनी गरेको भेटियो।

    उनीहरुले “बिग्रेको गाडीमा आगलागी भएको थाहा भएपछि टिप्परका चालक र सहचालक दुवैलाई नियन्त्रणमा लिएका थियौं‚” उनले भने, 

    चालक अरुण चौधरी र सहचालक आकाश चौधरीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको एसपी काफ्लेले जनाए। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार