Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बारामा सवारी साधनले ठक्कर दिँदा एक पुरुषको मृत्यु 


    मंगलबार, भाद्र ७ २०७९
    545
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। बाराको जितपुर सिमरा उपमहानगरपालिका–१६ मा गएराती सवारी साधनको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा ५० वर्षीय एक पुरुष रहेका छन् । मृतकको सनाखत हुन भने सकेको छैन । 
      
    कलैया स्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा आज बिहान पौने ५ बजे उनको ज्यान गएको प्रहरी चौकी पथलैयाले जनाएको छ । गएराती १२ बजे नम्बर खुल्न नसकेको सवारी साधनले उनलाई ठक्कर दिएको थियो।

    उक्त दुर्घटना पश्चात सवारी साधन सहित फरार रहेका चालकको खोजी भइरहेको बारा प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार