Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • हिमालयन बैंकले २५ लाख इकाइ ऋणपत्र निष्कासन गर्दै 


    मंगलबार, भाद्र ७ २०७९
    810
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौँ। हिमालयन बैंकले १५ भदौबाट  ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले २५ लाख युनिट (इकाइ) ऋणपत्र बिक्री खुला गर्ने भएको हो । बैंकले प्रतिइकाइ एक हजार रुपैयाँ दरमा दुई अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्नेछ । 

    यसमध्ये १५ लाख युनिट ऋणपत्र व्यक्तिगत तवरबाट तथा बाँकी १० लाख युनिट सर्वसाधारणका लागि खुला हुनेछ । यसबाट सामूहिक लगानी कोषलाई ५ प्रतिशत छुट्याएको छ । सामूहिक लागानी कोषहरुले कुल ५० हजार इकाइ पाउनेछन् ।  

    यस ऋणपत्रमा इच्छुक लगानीकर्ताहरुले १९ भदौसम्म आवेदन दिन सकिनेछ । यस ऋणपत्रमा वार्षिक १०.५० प्रतिशत ब्याजदर पाइनेछ । यसमा न्यूनतम २५ इकाइदेखि अधिकतम २ लाख ५० हजार इकाइसम्म आवेदन दिन सकिनेछ । बैंकले ७ वर्ष अवधिको ‘हिमालयन बैंक वन्ड २०८६’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेस्टमेन्ट बैकिङ लिमिटेडले गर्नेछ । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार