काठमाडौँ। बैतडीमा चितुवाले आक्रमण गर्दा १३ वर्षीय एक बालक घाइते भएका छन् ।
घाइते हुनेमा जिल्लाको शिवनाथ गाउँपालिका — ६ बसेडीका पारस धनाडी छन् । उनलाई मंगलबार बिहान विद्यालय जाने क्रममा चितुवाले बसेडी ठाडाइजर भन्ने स्थानमा आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए । घाइते बालकको टाउको, गर्धन र कम्मरमा चोट लागेको उनले जनाए।
घाइते बालकको अहिले केशरपुर प्राथमीक स्वास्थ्य केन्द्र मेलौलीमा उपचार भइरहेको छ ।