Nepal Face
  • आइतबार, १० साउन २०८३
  • महानगरको निशानामा ‘अन्डरग्राउन्ड’


    मंगलबार, भाद्र ७ २०७९
    595
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। एउटा प्रयोजनका लागि स्वीकृति लिएर अर्कै प्रयोजन भइरहेको घर तथा पसलमाथि काठमाडौं महानगरपालिकाले कारबाही थालेको छ । ‘अन्डर ग्राउन्ड पार्किङ’का लागि स्वीकृति लिइएको क्षेत्रमा ‘पसल व्यवसाय सञ्चालन भइरहेको’ पाइएपछि भत्काउन थालिएको छ । म

    हानगरपालिकाले काठमाडौंका सबै ठाउँमा क्रमशः अनुगमन गरी कारबाही तयारीसमेत थालेको छ । महानगर प्रमुख बालेन्द्र साह नेतृत्वमा सोमबार नयाँ बानेश्वर क्षेत्रमा अनधिकृत रूपमा सञ्चालित घरमा ‘कंक्रिट एक्ट्राक्टर’ मेसिन चलाइएको हो ।

    ‘अन्डर ग्राउन्ड पार्किङलाई अन्य प्रयोजनमा नलगाउन भनेर निकालिएको ३५ दिने सूचनाको म्याद सकिएकाले पार्किङ भनेर नक्सा पास भएका तर अन्य रूपमा प्रयोग भएका संरचना अनुगमन गरी कारबाही थालिएको’ प्रमुख साहले बताए ।

    ‘हामीले सोमबार बानेश्वर क्षेत्रबाट कारबाही सुरु गरेका छौं,’ उनले भने, ‘विस्तारै सबैतिर महानगर पुग्नेछ, यसैले हामी अनुरोध गर्छौं कि पार्किङका लागि बनाइएका संरचना पार्किङमै प्रयोग गरिदिनुहोला ।’ राजधानी दैनिकमा बाट 

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार