काठमाडौँ । कर्णाली प्रदेश सरकारको पहिलो कार्यकालमा नै करिब दुई दर्जन मन्त्री भईसकेका छन् । अहिलेसम्म प्रदेश सरकारमा दुईजना मुख्यमन्त्रीसहित २० जना मन्त्री भइसकेका हुन् ।
तीमध्ये सबैभन्दा बढी माओवादी केन्द्रबाट मन्त्री बन्नेको संख्या धेरै छ । माओवादीले एक मुख्यमन्त्रीसहित सात जनालाई मन्त्री पदको जिम्मेवारी दिएको हो ।
जसमा माओवादी संसदीय दलका नेता महेन्द्रबहादुर शाही प्रदेशको पहिलो मुख्यमन्त्री बनेका थिए । यस्तै विमला केसी, सीताकुमारी नेपाली, नरेश भण्डारी, गोपाल शर्मा, छिरिङ डम्डुल लामा, विन्दमान विष्ट र गणेशप्रसाद सिंह मन्त्री भइसकेका छन् ।
माओवादीले गैरसांसद छिरिङ डम्डुल लामालाई समेत मन्त्री बनाएको छ । उनको ६ महिने कार्यकाल सकिएको छ । त्यसपछि दोस्रो स्थानमा एकीकृत समाजवादी परेको छ । हालसम्म एकीकृत समाजवादीले छ जनालाई मन्त्री बनाएको छ ।
काँग्रेसबाट मुख्यमन्त्री जीवनबहादुर शाहीसहित दिनबन्धु श्रेष्ठ, यज्ञबहादुर बुढाक्षेत्री र हिमबहादुर शाही मन्त्री बनेका छन् । सामाजिक विकासमन्त्री बुढाक्षेत्री भने दोस्रो पटक मन्त्री भएका हुन् । एमालेबाट दल रावल र खड्कबहादुर खत्री मन्त्री भएका छन् । उनीहरु एमाले र माओवादीको संयुक्त सरकार हुँदा मन्त्री बनेका थिए ।
आगामी मंसिर ४ गते दोस्रो कार्यकालका लागि कर्णाली प्रदेशको निर्वाचन हुँदै छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend