Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्युठानमा गाडी दुर्घटना हुँदा चालक सहित १० जना घाइते 


    सोमबार, भाद्र ६ २०७९
    635
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। प्युठानको सरुमारानी गाउँपालिका–४ मा गाडी (वीङ्गर) दुर्घटना भएको छ। उक्त गाडी दुर्घटना  हुँदा १० जना घाइते भएका छन् । 

    दाङको भालुवाङबाट प्युठानको बाग्दुला तर्फ जाँदै गरेको लु २ ख ३५६९ नम्बरको वीङ्गर आज बिहान ११ बजे अनियन्त्रित भई सडकबाट २० मिटर तल खसेको थियो । 

    घाइते मध्ये प्युठानको ऐरावती गाउँपालिका–२ बस्ने ज्ञानहरि भुषालका चार वर्षिय छोरा प्रमिसको अवस्था भने गम्भिर रहेको छ । 

    घाइते ६ जनालाई उपचारको लागी बुटवल पठाइएको छ । तीन जनाको स्थानीय साझा पोलिक्लिनिक र एक जनाको जिल्ला अस्पताल प्युठानमा उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ। 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार