Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सेयर बजारमा ७.२४ अंकको गिरावट, २ अर्बभन्दा तल झर्यो कारोबार 


    सोमबार, भाद्र ६ २०७९
    295
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं । आइतबार ७.७२ अंकले घटेको नेप्से साताको दोस्रो कारोबार दिन सोमबार पनि घटेको छ ।  साताको दोस्रो दिन आज सोमबार बजार परिसूचक नेप्से ७.२४ अंक (०.३५ प्रतिशत) ले गिरावट हुँदा २०५३.३० अंकमा खुम्चिएको छ । सोमबार म्युचुअल फण्ड बाहेक सबै उपसूचकमा गिरावट भएको छ ।

    नेप्सेमा सामान्य अंक गिरावट हुँदा सोमबार कारोबार रकम पनि घटेको छ । आइतबार २ अर्ब ४ करोड ७० लाख ९४ हजारको कारोबार भएकोमा सोमबार कारोबार रकम  झरेको छ ।

    नेप्सेमा सोमबार ५२ लाख ३० हजार ७६३ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ७२ करोड ६२ लाख ८७ हजारको कारोबार भएको छ । जसमध्ये हिमाल दोलखा हाइड्रोपावरको २८ करोड १८ लाख ७१ हजारको कारोबार हुँदा रिडी हाइड्रोपावरको ८ करोड ५० लाख ३६ हजारको कारोबार भएको छ ।

    दिनभर बजारमा १८७ कम्पनीको सेयर कारोबार भएकोमा १२४ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । त्यस्तै ४७ कम्पनीको सेयरमूल्य वृद्धि हुँदा १६ कम्पनीको सेयरमूल्य भने स्थिर छ ।

    आइतबार कारोबार भएका मध्य अपर हेवाखोला जलविद्युत् कम्पनीको सेयरमूल्य १० प्रतिशत र मन्दाकिनी हाइड्रोपावरको सेयरमूल्य ९.९७ प्रतिशतले बढेर सर्किट लेभलमा रोकिएको छ। 

    त्यस्तै सिटिजन्स म्युचुअल फण्ड १ को इकाइ मूल्य ७.२२ प्रतिशतले बढेको छ । यता एनआईबीएल समृद्धि फण्ड २ को इकाइ मूल्य ६.७५ प्रतिशतले गिरावट भएको छ । यस्तै दोर्दी खोला जलविद्युत् कम्पनी सेयरमूल्य ५.१९ प्रतिशत र श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन कम्पनीको सेयरमूल्य ४.१५ प्रतिशतले घटेको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार