Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  •  मेयर बालेन एक्शनमा उत्रिए


    सोमबार, भाद्र ६ २०७९
    590
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं महानगरले नयाँ बानेश्वर चोकमा रहेको बानेश्वर कम्प्लेक्सको संरचनाहरू भत्काएको छ । अन्डरग्राउण्ड पार्किङ खुलाउन र महानगरसँगको सम्झौताविपरित त्यहाँ संरचना बनाईएको भन्दै ती संरचना आज भत्काईएको हो ।

    अन्डरग्राउन्ड पार्किङलाई पुरै छोपेर पसल सञ्चालन भइरहेको सो व्यापारिक भवनमा पार्किङ खुलाउन महानगर प्रमुख बालेन्द्र साह आफैँ त्यस क्षेत्रमा खटिएका थिए ।

    त्यस स्थानमा पार्किङ खुलाउन मेसिन प्रयोग गरेर महानगर प्रहरीले संरचना भत्काएको स्रोतले जनाएको छ । 

    काठमाडौँ महानगरपालिकाले अन्डर ग्राउन्ड पार्किङलाई अन्य प्रयोजनामा नलगाउन आग्रह गर्दै ३५ दिने सूचना पनि जारी गरेको थियो । व्यापारीहरुलाई दिइएको सो म्याद आइतबार सकिएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार