Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विभिन्न स्थानमा सात जना मृत अवस्थामा फेला 


    सोमबार, भाद्र ६ २०७९
    400
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं। कास्की, पर्वत, म्याग्दी, मकवानपुर, नवलपरासी (पश्चिम), भक्तपुर र चितवनमा सात जना मृत अवस्थामा फेला परेका छन् । 

    सिन्धुली जिल्ला कमलामाई नगरपालिका–५ का २८ वर्षीय राज कुमार सुनार मृत अवस्थामा फेला परेका छन् । उनी पोखरा महानगरपालिका–१४ कदम मार्गस्थित आफ्नै डेरामा मृत अवस्थामा फेला परेका हुन् । 

    पर्वतको पैयुँ गाउँपालिका–७ भोर्ले बस्ने ९२ वर्षीया नन्दी देवी भट्टराई सोही ठाउँस्थित सेती खोलाको किनारमा आइतबार मृत अवस्थामा फेला परेकी छन् । घरबाट कसैलाई जानकारी नगराई हिँडेकी उनको खोजी गर्ने क्रममा उक्त स्थानमा शव फेला परेको हो । 

    म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोला लेवाङस्थित बाटोमा गोरखा अजिरकोट गाउँपालिका–४ घर भई हाल टुण्डी हाईड्रोपावरमा काम गर्ने ४५ वर्षीय होमनाथ दवाडी आइतबार मृत अवस्थामा फेला परेका छन् । 

    मकवानपुरको थाहा नगरपालिका–३ स्थित सृजनाबस्तीको खोल्सामा सोही ठाउँ बस्ने ७० वर्षीया उजेली सुनार आइतबार मृत अवस्थामा फेला परेकी छिन् । 

    नवलपरासी (पश्चिम)को रामग्राम नगरपालिका–३ घोडपाली बस्ने बर्कत मियाँको ७ वर्षीय छोरा फिरोज मियाँ आफ्नै घर नजिकको पोखरीमा आइतबार मृत अवस्थामा फेला परेका छन् । 

    भक्तपुरको मध्यपुर ठिमी नगरपालिका सल्लाघारी ९९ रोपनीस्थित होमपाईपमा हाल पहिचान नखुलेका करिब ४० वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् । 

    चितवनको माडी नगरपालिका–३ सिमरागाउँ बस्ने ७५ वर्षीय झगरु महतो सोही नगरपालिका–६ हरिनगरस्थित रिउ खोलाको काँस घारीमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार