काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक बोर्ड परीक्षाको परीक्षाफल भदौ १५ गते सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डका परीक्षा नियन्त्रक अर्जुन रायामाझीले नतिजाको तयारी अन्तिम चरणमा रहेकाले भदौ १५ गते नतिजा सार्वजनिक गर्नेबारे छलफल भइरहेको नेपाल फेससंग कुरा गर्दै जानकारी दिए ।
रायामाझीका अनुसार गत जेठ १६ देखि २५ गतेसम्म सञ्चालित परीक्षामा सहभागि परीक्षार्थीहरुको प्राप्ताङ्क इन्ट्री गर्ने काम भइरहेको छ । ‘नतिजाको तयारी लगभग अन्तिम चरणमा पुगिसकेको छ,’ उनले भने, ‘यही भदौ १५ गते सार्वजनिक गर्ने तयारीमा छौं ।’
कक्षा १२ को परीक्षामा यस वर्ष ४ लाख १० हजार ५० जना विद्यार्थी सहभागि भएका थिए ।