काठमाडौं । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २ जना युवा पक्राउ परेका छन्। ती बालिकालाई करणी गर्ने युवा भारतीय नागरिक रहेको जानकारी प्राप्त छ।
पक्राउ पर्नेमा भारतीय नागरिक ३१ वर्षीय ओमबाबु गुप्ता र २२ वर्षीय चन्दन गुप्ता रहेका प्रहरीले जनाएको छ ।
उनीहरूले ललाई फकाई र डरत्रास देखाई ती बालिकालाई जबरजस्ती करणी गरेको खुल्न आएपछि प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
यस घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।