Nepal Face
  • आइतबार, १० साउन २०८३
  • तोलामा २०० रुपैयाँले घट्यो सुनको मूल्य


    सोमबार, भाद्र ६ २०७९
    420
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। कारोबारको दोस्रो दिन आज सुनको मूल्य २०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९५ हजार ३०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

    त्यस्तै, सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २०० रुपैयाँ घटेको हो । आइतबार छापावाल सुन प्रतितोला ९५ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९५ हजार रुपैयाँमा कारोबार भएको थियो ।  

    त्यसैगरी, आज सोमबार चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले घटेको छ । सोमबार चाँदी ११ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार प्रतितोला ११ सय ७० मा कारोबार भएको थियो।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार