Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेपाल फाइनान्सको संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन 


    सोमबार, भाद्र ६ २०७९
    715
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाल फाइनान्सको ११ लाख ३४ हजार ७१६.१८७ कित्ता सेयर लिलामी भर्ने आज अन्तिम दिन रहेको छ । इच्छुक लगानीकर्ताले आज (६ भदौ) सोमबार कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । 

    यस लिलामीमा कम्पनीका संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । 

    न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । कम्पनीले यसअघि असार १७ गतेदेखि २४ गतेसम्म संस्थापक समूहको ११ लाख ३६ हजार ७१६.१८७ कित्ता र सर्वसाधारण समूहको ३ लाख २ हजार ६९६.२७५ कित्ता सेयर लिलामीमार्फत बिक्री गरेको थियो ।

    तर, सो अवधिमा बिक्री नभएको संस्थापक समूहको बाँकी सेयर कम्पनीले फेरि लिलामीमा ल्याएको हो । यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार