Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आजको विदेशी मुद्राको विनिमय दर


    सोमबार, भाद्र ६ २०७९
    420
    Shares
  • ३ मिनेट पाठ
  • काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका  लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार आज  अमेरिकी डलर एकको खरिद दर १२७ रुपैयाँ ३५ पैसा र बिक्री दर १२७ रुपैयाँ ९५ पैसा कायम गरेको छ । 

    युरोपियन यूरो एकको खरिद दर १२७ रुपैयाँ ८१ पैसा र बिक्री दर १२८ रुपैयाँ ४१ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५० रुपैयाँ ६४ पैसा र बिक्री दर १५१ रुपैयाँ ३५ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १३२ रुपैयाँ ७९ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ४१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ५४ पैसा र बिक्री दर ८७ रुपैयाँ ९५ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ रहेको छ भने बिक्री दर ९८ रुपैयाँ ४६ पैसा छ ।

    जापानी येन १० को खरिद दर नेपाली ९ रुपैयाँ ३० पैसा र बिक्री दर ९ रुपैयाँ ३४ पेसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ६८ पैसा र बिक्री दर १८ रुपैयाँ ७७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    साउदी अरबियन रियाल एकको खरिर दर ३३ रुपैयाँ ९१ पैसा र बिक्री दर ३४ रुपैयाँ ०७ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३४ रुपैयाँ ७७ पैसा र बिक्री दर ३४ रुपैयाँ ९३ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

    मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ४५ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ५८ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ५३ पैसा र बिक्री दर ९ रुपैयाँ ५८ पैसा कायम भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार