Nepal Face
  • आइतबार, १० साउन २०८३
  •  कार–बम विस्फोटमा पुटिनका निकट सहयोगीकी छोरीको मृत्यु


    सोमबार, भाद्र ६ २०७९
    670
    Shares
  • १ मिनेट पाठ
  • एजेन्सी। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको सहयोगी भनी अफवाह फैलाउने एक प्रख्यात रूसी राष्ट्रवादीकी २९ वर्षीया छोरी मस्को बाहिर एउटा कार–बम विस्फोटमा मारिएकी छिन् । उनको छोरी दर्या दुगीना शनिबार राति यात्रा गरिरहेकी टोयोटा ल्यान्ड क्रुजरमा विस्फोटक पदार्थ विस्फोट हुँदा ज्यान गएको अनुसन्धानकर्ताहरूले जनाएका छन् । 

    अलेक्जेन्डरले लामो समयदेखि रुसी भाषा बोल्ने क्षेत्रलाई नयाँ रुसी साम्राज्यको भागको रूपमा एकीकरण गर्न वकालत गरेका छन् । दुगिना अलेक्ज्याण्डर दुगिनकी छोरी हुन् ।  

    आक्रमणकारीले बाबुलाई निशाना बनाउने क्रममा छोरीको ज्यान गएको हुन सक्ने दुगिनालाई व्यक्तिगत रुपमा चिन्ने आन्द्रेई क्रास्नोभले बताएका छन् । आक्रमणको जिम्मा भने  कुनै समूहले लिएको छैन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार