काठमाडौं चैत ६ । आज सेयर ब्रोकर कार्यालयमा सदाको जस्तो भिड थिएन । नेपाल धितोपत्र बोर्डले सेयर कारोबार गर्दा सचेतता अपनाउन सेयर ब्रोकर का व्यवसायीलाईहरुलाई आग्रह गरेको छ । साथै सेयर ब्रोकर कार्यालयको ‘स्क्रिन एक्जिविसन’ कक्ष बन्द गर्न निर्देशन गरेको छ । प्राय सधै भिड देखिने ब्रोकरका अफिस आज खुला नै थिए ।
कोरोना भाइरस संक्रमणतर्फ सचेतता अपनाउँदै धितोपत्र बोर्डले धितोपत्र दलाल व्यवसायीलाई कार्यालयमा एक पटकमा पाँच जना भन्दा बढी संख्यामा भीड नगर्न पनि आग्रह गरेको छ ।