काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख (एसपी) धनपति सापकोटालाई हटाइएको छ । मेयर बालेन्द्र साहले उनलाई नगर प्रहरीको प्रमुखबाट हटाएका हुन् ।
नर्भिक अस्पतालले अतिक्रमण गरेको सरकारी जग्गा खाली गराउनेबारेमा नगर प्रहरीका प्रमुख सापकोटाले सहयोग नगरेको आशंकामा उनलाई हटाइएको महानगरका एक अधिकारीले बताए ।
मेयर साहले सापकोटालाई हटाएर नगर प्रहरीको प्रमुखमा राजु पाण्डेलाई ल्याएका छन् । महानगरपालिकाका ५ जना एसपीमध्ये पाण्डेलाई प्रमुखको जिम्मेवारी प्रदान गरिएको छ ।
नगर प्रहरी प्रमुख रहेका सापकोटालाई प्रशासनतर्फ खटाइएको छ ।