काठमाडौँ । मदिरा सेवन गरेर साथीको कुटपिट गरी हत्या गर्ने तीन जना समातिएका छन् । शनिबार राति साढे ९ बजे सँगै बसेर रक्सी खाएका उनीहरुले एक आपसमा विवाद हुदाँ साथी २६ वर्षीय मनोज राईको हत्या गरेका हुन् ।
पक्राउ पर्नेमा भोजपुरको हतुवागढी गाउँपालिका ९ हसनपुर घर भई हाल काठमाडौंको महांकाल बस्ने १९ वर्षीय बिमल राई, १८ वर्षीय जितेन राई, १९ वर्षिय सन्जय राई हुन् ।
प्रहरीका अनुसार एक आपसमा विवाद भइ झगडा हुँदा मनोज राई घाइते भएका थिए । कुटपिटबाट गम्भीर घाइते उनको हेल्पिङ्ग हेल्प हस्पिटलमा मृत्यु भएको हो ।
कुटपिट गरेर भागेका उनीहरुलाई गएराति ११ बजे गौरीघाटबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान प्रहरी वृत्त बौद्धबाट भइरहेको छ ।