Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  •  गण्डक नहरमा सम्भौताअनुसार भारतले पानी छोड्दैन्  


    आइतबार, भाद्र ५ २०७९
    685
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । छिमेकी देश भारतले गण्डक नहरमा सम्भौताअनुसार पर्याप्त पानी नछोड्दा नहरको पानी वितरणमा समस्या भएको छ । भारतले हाल नहरमा ४ सयदेखि ४ सय ५० क्युसेकसम्म मात्र पानी पठाइरहेको छ ।

    जसका कारण सिंचाइ हुन नसक्दा धानखेत पटपटी फुदन थालेको र धानबाली सुकेको किसानले दुखेसो पोखेका छन्।

    मागअनुरूप सिंचाइका लागि पानी वितरण गर्न नसकिएको नारायणी सिँचाइ व्यवस्थापन कार्यालयका इन्जिनियर सुबोध कुशवाहाले बताए । गण्डक सम्भौताअनुसार भारतले बर्सेनि धानबालीका लागि असार १५ र गहुँबालीका लागि पुस १० देखि नहरमा ८ सय ५० क्युसेक पानी पठाउनुपर्छ ।

    नवलपरासीको भैसालोटनस्थित नेपाल९भारत सीमामा निर्मित व्यारेजबाट भारतले नहरमा पानी छोड्ने गर्छ । यो खबर नेपाल समाचार दैनिकमा छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार