Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काँग्रेस नेता प्रदिप गिरिको निधन 


    शनिबार, भाद्र ४ २०७९
    1.1K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रदीप गिरिको निधन भएको छ । ७५ वर्षको उमेरमा नेता गिरिको उपचारको क्रममा ललितपुरको नख्खु स्थित मेडिसिटी अस्पतालमा निधन भएको हो ।

    सांसद समेत रहेका गिरिको शनिबार बेलुका ९ः३० बजे निधन भएको काँग्रेसले विज्ञप्तिमार्फत जानकारी दिएको छ । 

    उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि आइतबार बिहान ९ बजेदेखि ११ बजेसम्म मेडिसिटी अस्पतालको शिवालयमा राखिने काँग्रेस सचेतक मीनबहादुर विश्वकर्माले जानकारी दिए। बिहान साढे ११ देखि २ बजेसम्म पार्टी कार्यालय सानेपामा राख्ने र पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने सचेतक  विश्वकर्माले बताए ।

    भारतको मुम्बईमा क्यान्सरको उपचार गरेर फर्किएका नेता गिरिको स्वास्थ्यमा समस्या देखिएपछि साउन दोस्रो साता मेडिसिटीमा भर्ना भएका थिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार