Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • फेसबुक एकाउन्ट ह्याक गर्दै ठगी गर्ने पक्राउ


    शनिबार, भाद्र ४ २०७९
    975
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । सामाजिक सञ्जाल फसबुक एकाउन्ट ह्याक गरी ठगी गर्ने ३ जनालाई  प्रहरीले  पक्राउ गरेको छ । नयाँ प्रविधिहरू प्रयोग गरी हुने गरेका अपराध रोक्ने सुनसरी प्रहरीको विषेश अभियान अर्न्तगत फेसबुक एकाउन्ट ह्याक गरी नक्कली ‘इसेवा आइडी’ प्रयोग गरी सर्बसाधारणहरुलाई ठगी गर्ने गरेको ३ जना व्यक्तिहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    १ भाद्र २०७९ ठेगाना भद्रपुर नगरपालिका ६ बस्ने बर्ष १९ को आषिस बिष्ट र सोही ठेगानका बर्ष १८ को प्रविण राजवंशी र बर्ष १८ को भवेश राजवंशीलाई लुकिछिपि बसिरहेको अवस्थामा भद्रपुरबाट पक्राउ गरी सुनसरीमा ल्याएर मुद्धा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरिक्षक (डिएसपी) राजकुमार राईले जानकारी दिए ।

    प्रवक्ता डिएसपी राईका अनुसार उनीहरुले ईटहरी उप-महानगरपालिका वडा नं २ बस्ने डिल्ली बहादुर राउतको फेसबुक एकाउन्ट ह्याक गरी गत साउन १२ गते म्यासेन्जर मार्फत आफ्ना साथीहरूलाई आफू समस्यामा परेको भन्ने नक्कली म्यासेज पठाई ‘इसेवा आइडी’मा रकम पठाउन लगाएर ठगी गरेका हुन् ।

    उनीहरुले २५ वटा भन्दा बढी फेसबुक ह्याक गरी दुई लाख भन्दा बढी रकम ठगी गरेको थिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार