Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बैतडी कारागारमा १६ जना कोरोना सक्रमित 


    शुक्रबार, भाद्र ३ २०७९
    765
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । बैतडी कारागाराका १६ जना कैदीबन्दीमा कोरोना संक्रमण पुष्टी भएको छ । कैदीमा उच्च ज्वरो र रुघाखोकीको लक्षण देखिएपछि कारागारमा स्वास्थ्यकर्मी बोलाएर परिक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टी भएको हो । 

    जेलर धारा भण्डारका अनुसार अस्ति चार जना संक्रमित फेला परेका थिए । त्यसपछि हिजो सबै कैदीहरुको पिसिआर परिक्षण गर्दा १२ जनामा कोरोना देखिएको हो । 

    उनले २५ जना क्षमता रहेको उक्त कारागारमा ९३ जना कैदी बन्दी रहेको बताए । सोही कारण कोरोना संक्रमितलाई अलग्गै व्यवस्थापन गर्न सकस भईरहेको जेलर भण्डारीको भनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार