Nepal Face
  • आइतबार, १० साउन २०८३
  • डेढ क्विण्टल सुपारी प्रहरी नियन्त्रणमा


    शुक्रबार, भाद्र ३ २०७९
    860
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । प्रहरीले झापाका विभिन्न स्थानबाट अवैध भन्सार छलिका सुपारी र कपडा नियन्त्रणमा लिएको छ । आज मेचीनगर नगरपालिका, ६ पिङकिठ्याकमा नेपालबाट भारत तर्फ अवैध रुपमा लिदै गरेको सुपारी प्रहरीले बरामद गरेको हो । 

    जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता बसन्त पाठकले पिङकिठ्याकबाट भारत तर्फ लिदै गरेको ८५ हजार मुल्य बराबरको एक सय ४० केजी सुपारी नियन्त्रणमा लिएको जानकारी दिए । 

    आजै सोही जिल्लाको भद्रपुर नगरपालिका, ६ भानुचोकमा भारतबाट अवैध रुपमा लुकाई छिपाई ल्याउँदै गरेको कपडा बरामद गरिएको छ । उक्त कपडाको एक लाख मुल्य पर्ने प्रहरीले अनुमान गरेको छ । 

    बरामद सुपारी र कपडा आवश्यक अनुसन्धानको लागि भन्सार कार्यालय बुझाइएको प्रवक्ता पाठकले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार