काठमाडौं । पश्चिम तराईका थारु समुदायले धान उत्पादनमा वृद्धि हुने विश्वासका साथ हरेरी पूजा मनाएका छन् ।
पुरानै परम्परागत हरेरी पूजा गर्दै अएका थारु समुदायले यस वर्ष पनि धान उत्पादनमा वृद्धि हुने विश्वासका साथ हरेरी पूजा मनाएका हुन । धानमा किरा लाग्नबाट बचाउन र धान उत्पादनमा वृद्धि हुने विश्वासले हरेरी पूजा गर्ने गर्छन । धान रोपार्इं सकेको केही दिनपछि पश्चिम तराईका थारु समुदायमा गाँउभरका मानिसहरुले रकम संकलन गर्छन । संकलन भएको रकमले पूजा समग्री किन्ने र देवी देवतालाई चढाउनका लागि मिठाई किनेर देवी माताका जनावर र देवी,देवताहरुको मूर्ती बनाएर पूजा गर्ने चलन छ । हरेरी पूजा गरेपछि धान उत्पादनमा बृीद्ध र धानमा किरा समेत नलाग्ने गरेको बर्दिया जिल्लाको बढैया ताल गाँउपालिका ५ का बरघर गोविन्दप्रसाद थारुले बताए । थारुहरुको दानवा भन्ने देवताले धानमा लाग्ने किराहरु लाग्नबाट जोगाउनका साथै उत्पादनमा वृद्धि गराउने उनको भनाइ छ ।
हरेरी पूजा गर्दा उत्पादनमा वृद्धि हुनुका साथै रोगव्याधी नलाग्ने थारु समुदायको विश्वास छ ।