Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अबिरल वर्षासँगै आएको बाढीले पाँच घर बगायो


    शुक्रबार, भाद्र ३ २०७९
    550
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । रामेछापमा अबिरल वर्षासँगै आएको बाढीले पाँच घर बगाएको छ ।  गएराति गोकुलगंगा गाउँपालिका–२ ठोसेमा पहिरोले पाँच वटा घर बगाएको हो ।  

    भारी वर्षासँगै आएको बाढीले ठोसे एकामफेदी बाहुन टोलका रमेश रोक्का, हरि बहादुर खत्री र धनलल्क्षमी गुरागाईँ, सन्तोष रोक्का, ज्ञान बहादुर रोक्काको घर बगाएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ ।  

    गएराति  ठोसेको एकामफेदी बाहुनटोलस्थित नासिङ खोल्सामा माथिबाट आएको पहिरोले उनीहरुको घरमा क्षति भएको हो । प्रहरीका अनुसार पहिरोले घर बगाए पनि मानविय क्षति भने केही भएको छैन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार