Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भैरहवा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवालाई छुटैछुट 


    शुक्रबार, भाद्र ३ २०७९
    655
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौँ । भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जिबिआइए) मा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवाले छुटैछुट पाउने भएका छन् । अब भैरहवामा नियमित उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवाले ग्राउन्ड ह्यान्डलिङ सेवा शुल्कमा पनि ५० प्रतिशत छुट पाउने भएका हुन् । 

    सरकारले सुरुवातदेखि नै जिबिआइएमा उडान गर्ने वायुसेवालाई एक वर्षसम्म ल्यान्डिङ, पार्किङ, कम्युनिकेसन र नेभिगेसन शुल्क शतप्रतिशत छुट गरिसकेको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान०ले ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ५० प्रतिशत छुट दिन सेवाप्रदायक नेपाल वायुसेवा निगमलाई बिहीबार पत्राचार गरेको छ । 

    तालुकदार पर्यटनमन्त्री जीवनराम श्रेष्ठको निर्देशनअनुसार क्यानले ग्राउन्ड ह्यान्डलिङ शुल्कमा छुट दिन लागेको हो । भैरहवामा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई आकर्षित गर्न छुटको अफर ल्याएको क्यानका महानिर्देशक प्रदीप अधिकारीले बताए । 

    भैरहवामा पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकै सरह ग्राउन्ड ह्यान्डलिङ सेवा शुल्क लाग्थ्यो ।  भैरहवामा न्यारोबडी जहाजको प्रतिउडान ग्राउन्ड ह्यान्डलिङ सेवा शुल्क औसतमा २७ सयदेखि २८ सय अमेरिकी डलर (करिब तीन लाख रुपैयाँ) तिर्नुपथ्र्यो । अब प्रतिउडान ग्राउन्ड ह्यान्डलिङ शुल्कमा करिब एक लाख ५० हजार रुपैयाँ छुट पाउने भएको छ । नयाँ पत्रिकाबाट 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार