Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको दीर्घकालीन उपाय खोज्न जरुरी छ : अमृता थापा


    बिहिबार, भाद्र २ २०७९
    910
    Shares
  • ४ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधि सभा सदस्य अमृता थापाले भिभिआइपी बस्ने काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको दीर्घकालीन उपाय खोज्न माग गर्नुभएको छ । 

    बिहीवार प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै सांसद थापाले सरकारसँग यस्तो माग गर्नुभएको हो । उहाँले राष्ट्रिय सभाको उपाध्यक्ष तत्काल निवार्चन गर्न माग पनि गर्नुभयो । त्यस्तै सांसद थापाले राष्ट्रिय महत्व र आम नागरिकको चासोको नागरिकता विधेयक समानता र सहमतिको आधारमा अगाडि बढाउन माग गर्नुभयो ।

    त्यस्तै सांसद इन्दुकुमारी शर्माले संविधान सभाबाट संविधान बनेको सात वर्षसम्म नागरिकतामा राजनीति भएको बताउनु भयो । उहाँले राजनीतिक दलहरुले समेत नागरिकतामा गम्भिर नहुँदा लाखौं नागरिक नागरिकता विहीन भएको बताउनु भयो । सांसद शर्माले राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै सदनले पास गरेर पठाएको नागरिकता विधेयक फिर्ता पठाएर लाखौं नागरिकको अधिकारमाथि कुठाराघात भएको बताउनु भयो । उहाँले राष्ट्रपतिले जनताको संवेनशिलता भन्दा पनि राजनीतिक दल भन्दा माथि उठन नसकेको आरोप लगाउनु भयो ।

    सांसद उमाशंकर अरगरियाले मुलुक संघीयतामा गएकाले कर्मचारी सरुवा बढुवामा समस्या भएको बताउनु भयो । उहाँले सरकारले संघीय निजामति ऐन तत्काल ल्याउन माग गर्नुभयो ।

    कुमारीतुलसी थापाले राष्ट्रपतिबाट संसदमा फिर्ता पठाएको विधेयक सर्वसहमति बनाउनको सटटा सत्ता गठबन्धनले जस्ताको तस्तै प्रमाणिकरणको लागि पठाउने निर्णयले राष्ट्रपतिको मानमर्दनमा अपमान गरेको बताउनु भयो । उहाँले सत्ता गठबन्धनको अहकार युक्त निर्णयले आगामी निर्वाचनमा जनताले विवेक पु¥याउने बताउनु भयो ।

    सांसद कृष्णगोपाल श्रेष्ठले राष्ट्रपतिले सन्देशसहित संसदमा फिर्ता पठाएको नागरिकता विधेयकलाई अवसरको रुपमा लिनुपर्ने बताउनु भयो । उहाँले नागरिकता विधेयकमा राष्ट्रिय सहमतिका आधारमा त्रुटी सच्याउनुपर्ने बताउनु भयो । सांसद श्रेष्ठले सत्ता गठबन्धनले बलपूर्वक अगाडि बढाउने प्रयास नगर्न आग्रह गर्नुभयो ।

    त्यस्तै सांसद कृष्णप्रसाद दाहालले राष्ट्रपतिले सन्देशसहित संसदमा फिर्ता पठाएको नागरिकता विधेयक जबरजस्ति भन्दापनि राष्ट्रिय सहमतिको आधारमा अगाडि बढाउनुपर्ने बताउनु भयो । त्यस्तै उहाँले सरकारले तत्काल कोरोना बीमा बापतको रकम भुक्तानी गर्नपनि माग गर्नुभयो ।

    सांसद कृष्णबहादुर राईले फोहोर व्यवस्थापनमा काठमाडौंका मेयर र मन्त्रीले लाचारीपन देखाएका बेला धरानका मेयर आएपछि फोहोर व्यवस्थापन हुने भयो भनेर घोषणा गरेको बताउनु भयो । उहाँले काठमाडौंका मेयर बालेन साह र धरानका मेयर हर्क राईको दोहोरी चलेको देखिएको बताउनु भयो । फोहोर व्यवस्थापन गर्ने नाममा स्थानीय जनताको मागलाई सरकार र महानगरले नगरअन्दाज गरेको आरोप उहाँको छ । उहाँले फोहोर व्यवस्थापन महानगर वा सरकारले गर्ने भन्ने कुराको अन्योल रहेको बताउनु भयो । सांसद राईले काठमाडौंको फोहोर व्यवस्थापनको लागि महानगर र सरकार दुवैले योजना अगाडि नबढाएको आरोप लगाउनु भयो ।

    सांसद खेमप्रसाद लोहनीले नागरिकताको प्रमाणपत्र जस्तो संवेदशील विषय उपहार दिए जस्तो तत्काल वितरण गर्न नहुने बताउनु भयो । उहाँले सत्ता स्वार्थको लागि विवाह हुनासाथ नागरिकताको प्रमाणपत्र दिन नहुने बताउनु भयो । उहाँले नागरिकता प्रमाणपत्र विवाह गरेर आएको सात वर्षपछि दिने व्यवस्था गर्नुपर्ने बताउनु भयो ।

    त्यस्तै सांसद गजेन्द्रबहादुर महतले राष्ट्रपति विद्यादेवी भण्डारीप्रति व्यङग्य गर्नुभयो । उहाँले सरकारले नागरिकता विधेयक पुनः प्रमाणिकरणको लागि राष्ट्रपतिकोमा दिउँसो नभइ राति पठाउनुपर्ने बताउनु भयो । उहाँले अफठयारा कामहरु राति नै फत्ते हुने बताउनु भयो । उहाँले प्रतिपक्षले बारम्बार लेखा समितिको सभापति माग गरेको भन्दै अन्य चारवटा समितिको सभापति फिता गर्नुपर्ने बताउनु भयो ।

    त्यस्तै सांसद धनश्याम खतिवडाले स्वास्थ्य बीमाप्रति सरकारले गैरजिम्मेवारी पन देखाएको बताउनु भयो । उहाँले काठमाडौंको फोहोर व्यवस्थापन अस्तव्यस्त,विकास निर्माण अस्तव्यस्त लगायत सबैतिर अस्तव्यस्त रहेकाले सत्ता गठबन्धन मंसिर चारसम्म बस्न नहुने बताउनु भयो ।

    उहाँले मंसिर ४ गते भन्दा अगाडि नै सरकार छोडनुपर्ने बताउनु भयो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार