Nepal Face
  • आइतबार, १६ कार्तिक २०८३
  • कोरोना संक्रमणबाट भारतमा प्रदेश मन्त्रीको मृत्यु


    आइतबार, साउन १८ २०७७
    1.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । कोरोनाभाइरसको संक्रमण भएकी भारतको उत्तर प्रदेशकी मन्त्री कमला रानी वरूणको मृत्यु भएको छ।  भारतीय सञ्चारमाध्यमहरूका अनुसार मुख्यमन्त्री योगी आदित्यनाथको क्याबिनेटमा शिक्षा मन्त्री रहेकी ६२ वर्षीया कमला रानीको आइतबार मृत्यु भएको हो।

    उनलाई १८ जुलाईमा कोरोना संक्रमण भएको थियो। उनको लखनऊस्थित एसजिपिजिआई अस्पतालमा उपचार भइरहेको थियो।

    मुख्यमन्त्री आदित्यनाथले मन्त्री कमला रानीको निधनमा दु:ख व्यक्त गरेका छन्। उनले आइतबार अयोध्या जाने आफ्नो कार्यक्रम रद्द गरेका छन्।

    कमला रानीले सन् २०१७ को विधान सभामा कानपुरको घाटमपुरबाट जित हात पारेकी थिइन्। उक्त क्षेत्रमा चुनाव जित्ने उनी भारतीय जनता पार्टीकी पहिलो विधायक हुन्। यसअघि कमला रानी भारतको लोकसभाकी पनि सांसद बनिसकेकी छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार