Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आगोमा जले एक मजदुर


    बिहिबार, भाद्र २ २०७९
    815
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । मोरङको सुन्दरहरैचा–११ मा आगोमा जलेर एक जना मजदुरको ज्यान गएको छ । गएराति करिब ११ बजेतिर बालकृष्ण गिरीको साढे दुई तले घरमा आगो लाग्दा उनको मृत्यु भएको हो । 

    आगोमा जलेर बेलबारी–११ घर भएका ३८ वर्षीय कुमार श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । प्रहरीका अनुसार मृतक श्रेष्ठ घरमा रंगरोगन गर्ने मजदुर हुन् । 

    गिरीको घरमा विद्युत सर्ट भएर आगो लागेको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । 

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार