Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सिंहदरबार र कारागारमा पनि मतदान केन्द्र


    बिहिबार, भाद्र २ २०७९
    565
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौँ । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा निजामती कर्मचारी, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा कैदीहरूलाई समेत मतदानको अवसर दिने भएको छ। यसका लागि गृहकार्य भइरहेको आयोगले जनाएको छ। 

    आयोगका अनुसार कर्मचारी, सुरक्षाकर्मी तथा कैदीहरूलाई मतदानको अवसर प्रदान गर्न कारागार, सैनिक ब्यारेक, सशस्त्र क्याम्प, प्रहरी कार्यालय तथा विभिन्न कारागारमा मतदान केन्द्र रहनेछन्। अहिले देशभरका विभिन्न कारागारमा करिब २६ हजार कैदीबन्दी छन्। देशभर ७० वटा जिल्ला कारागार छन्। जेल तथा सैनिक ब्यारेकमा निर्वाचन गराउने कर्मचारी कारागार तथा सैनिक ब्यारेकमै पुग्नेछन्।

    कार्यालय बिदाको दिनमा कार्यालय जानुपर्ने कर्मचारीले पनि सहज किसिमले मतदान गर्न पाऊन् भन्ने उद्देश्यले आयोगले यसपटक प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारभित्रै एउटा मतदान केन्द्र राख्ने तयारी गरेको छ। आयोगका अनुसार यसपटक कर्मचारी, सुरक्षाकर्मी तथा कैदीबन्दीले समानुपातिकतर्फ मतदान गर्न पाउने भएका छन्। प्रत्यक्षतर्फ भने उनीहरूले मतदान गन पाउनेछैनन्।

     ‘मतदाता नामावलीको अन्तिम सूचीमा नाम रहेका तथा मतदाता परिचयपत्र भएका कर्मचारी, सुरक्षाकर्मी तथा कैदीहरूले समेत यसपटक समानुपातिकतर्फ मतदान गर्न पाउने भएका छन्,’ निर्वाचन आयोगका सचिव गोकर्णमणि दवाडीले भने, ‘सर्वोच्च अदालतको फैसलापछि कैदीहरूले समेत मतदान गर्न पाउनेछन्। यसका लागि गृहकार्य भइरहेको छ।’ यो समाचार नागरिक दैनिकमा छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार