काठमाडौँ । आज देशभर केही स्थानमा पानी पर्ने अनुमान गरिएको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज अन्य बाँकी भू/भागमा मौसम सामान्यतया सफा रहेको छ। महाशाखा अनुसार आज बिहान बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ।
आज दिउँसो लुम्बिनी र कर्णाली प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । राती प्रदेश १, मधेश र सुदूरपश्चिम प्रदेशका थोरै तथा अन्य प्रदेशका एक/दुई स्थानहरूमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुन सक्ने महाशाखाले बताएको छ ।
महाशाखाले मेघ गर्जन र चट्याङ्गसहित वर्षा हुने भएकाले पहाडी भूरभागमा भूरक्षय, पहिरोको जोखिम बढेकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।