Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • साथीसँग पौडी खेल्न गएका शिव नहरमा डुबे


    बुधबार, भाद्र १ २०७९
    665
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । साथीसँग नहरमा पौडी खेल्न गएका एक युवकको डुबेर मृत्यु भएको छ । झापाको शिवसत्ताक्षी नगरपालिका, १० घर भएका २४ वर्षीय शिव जोगीको डुबेर आज निधन भएको हो । 

    जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता बसन्त पाठकका अनुसार शिव आज बिहान ११ः४५ बजेको समयमा गाउँमै रहेको दोमुखा स्थित कन्काई सिचाई आयोजनाको नहरमा नुहाउन गएका थिए । दुई जना साथीसहित शिव त्यहाँ पुगेका हुन् । 

    पौडी खेल्न गएका साथीहरु भन्दा पहिला नहरमा पसेका शिवको शव १.५ किमि दक्षिणमा फेला परेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार