काठमाडौं । भदौ महिनाको पहिलो दिन आज नेपाली बजारमा सुन चाँदीको मूल्य सस्तिएको छ । सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच सय रुपैयाँ सस्तिएको हो ।
आज छापावाल सुन प्रतितोला ९६ हजार २०० रुपैयाँमा झरेको छ । यसैगरी, तेजाबी सुन प्रतितोला ९५ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज बुधवार चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आज चाँदी तोलामा १० रुपैयाँले घटेर प्रतितोला एक हजार २१० रुपैयाँमा किनबेच नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।