Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • आज ओल्के पर्व, सुदूरपश्चिममा सार्वजनिक बिदा


    बुधबार, भाद्र १ २०७९
    535
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । आज सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ । आज भदौ १ अर्थात् ओल्के पर्वको अवसरमा सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा बिदा हुने प्रदेश सरकारले बताएको छ । 

    प्रदेश सरकारले गत वैशाख १ गते राजपत्रमा प्रकाशित गरेको सूचनामा ओल्के पर्वमा सुदूरपश्चिम प्रदेशका सबै सरकारी तथा सार्वजनिक कार्यालयमा बिदा दिइने उल्लेख छ ।

    यो पर्व विशेष गरी सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा मनाइन्छ । ओल्के पर्वमा काँक्रो, भन्टा, मुला, दही, कर्कलो र हरियो सागपात आफन्तजनलाई बाँड्ने चलन छ ।

    ओल्के भन्नाले स्थानीय भाषामा उपहार भन्ने हुन्छ । त्यसैले ठूलाबडालाई सम्मानस्वरुप फलफूल, सागपात दिनु र मिठो मसिनो खुवाउनु ओल्के पर्वको विशेषता हो । साउने झरी सकिएलगत्तै प्राकृतिक प्रकोपबाट बाँचिएको खुसीयालीमा पनि ओल्के पर्व मनाउने चलन छ ।

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार