काठमाडौँ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड महाकाल चौर शाखा कार्यालयमा कार्यरत एक जना कर्मचारी घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिनियर प्लम्वर गणेश बहादुर खुलाललाई सेवाग्राहीसँग घुस लिएको आरोपमा आज नियन्त्रणमा लिएका हो ।
उनले खानेपानी धारा जडानका लागि सेवाग्राहीसँग पाँच हजार घुस लिएको अख्तियारले बताएको छ । सोही आरोपमा सेवाग्राहीले अख्तियारमा उजुरी समेत गरेका थिए । उक्त उजुरीका आधारमा टंगालबाट खटिएको अख्तियारको टोलीले प्लम्वर खुलाललाई पक्राउ गरेको हो ।
सेवाग्राहीबाट पाँच हजार रुपैया घुस रकम लिइसकेको अवस्थामा उनको कार्यकक्षबाटै नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।