Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पाँच दिनपछि बल्ल भयो ओली-प्रचण्ड भेट, झलनाथ र पौडेल सँगसँगै


    आइतबार, साउन १८ २०७७
    1.6K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विवादका कारण अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पाँच दिन सम्वाद हुन सकेन ।

    गत साउन १३ मा प्रधानमन्त्री केपी शर्मा ओलीले एकपक्षीय ढंगबाट स्थायी समिति बैठक स्थगित गरेसँगै दुबै अध्यक्षबीच कुराकानी हुने सकेको थिएन । तर शुक्रबार प्रचण्डले ओलीका विश्वासपात्र नेकपा महासचिव विष्णु पौडेललाई बोलाएर कुराकानी गरेपछि आज दुई नेताबीचको भेट सम्भव भएको बुझिएको छ । 

    आज बिहान १० बजे नै प्रचण्ड पार्टीका अर्का वरिष्ठ नेता झलनाथ खनाललाई लिएर बालुवाटार गएको थाहा भएको छ । अहिले छलफल जारी रहेको र विष्णु पौडेल समेत त्यसमा सहभागी भएको बालुवाटार स्रोतले बताएको छ । 

    पछिल्लो समय छलफलमा बोलाउँदै ओलीले गम्भीर कुराकानी नगर्ने अनि आफ्ना निकटस्थलाई हुँदै नभएको सहमति भएको हल्ला फैलाउने रणनीति लिएका छन् । यसका लागि प्रम सचिवालयका मान्छेहरु र ओली निकटस्थहरु प्रयोग गरिरहेको खुमलटार स्रोतले आरोप लगाएको छ । 

    सोहीकारण आजको छलफलमा प्रचण्ड एक्लै नगइ नेता झलनाथलाई साथै लगेको खुमलटार स्रोतले दावी गरेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार