Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • वामदेव र बाबुरामलाई चुनाव चिह्न प्रयोग गर्न दिने माओवादीको निर्णय


    मंगलबार, साउन ३१ २०७९
    980
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं ।नेकपा माओवादी केन्द्रले बाबुराम भट्टराईले  नेतृत्वको नेसपा र वामदेव गौतमले  नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानलाई चुनाव चिह्न प्रयोग गर्न दिने भएको ।

    आज (मंगलबार) बसेको माओवादी स्थायी कमिटी बैठकले भट्टराई र गौतम दुबैलाई संघीय निर्वाचनमा चुनाव चिह्न प्रयोग गर्न दिने निर्णय गरेको हो ।
     भट्टराईलाई चुनाव चिह्न प्रयोग गरेर निर्वाचन लड्न दिने औपचारिक निर्णय भएको छ। तर, वामदेवको हकमा पनि चुनाव चिह्न दिएपनि कहाँबाट चुनाव  लड्ने भन्नेबारे चाहिँ गठबन्धनमा छलफल गरेर निष्कर्षमा पुग्ने निर्णय भएको  माओवादी केन्द्रले जनाएको छ ।

    एमाले विभाजनका बेला कुनै पनि पक्षमा नलागेका उनी पछिल्लो वामपन्थी घटक मिलाउने अभियानमा सक्रिय थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार