काठमाडौँ । आज देशका अधिकांश स्थानमा पानी पर्ने अनुमान गरिएको छ । मौसम पूर्वानुमान महाशाखाले देशका धेरैजसो भू/भागमा आंशिक बदली रहेको बताएको छ । प्रदेश नम्बर १, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा बिहानैदेखि हल्का वर्षा भईरहेको छ ।
आज दिउँसो देशका पहाडी भू/भागका थोरै स्थानमा र बाँकी भू/भागका एक/दुई स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । भोली भने गण्डकी प्रदेशका एक/दुई स्थानमा चट्याङ्ग सहित भारी वर्षा हुने अनुमान गरिएको छ ।
महाशाखाले मेघ गर्जन र चट्याङ्गसहित वर्षा हुने भएकाले पहाडी भू/भागमा भू/क्षय, पहिरोको जोखिम बढेकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।