Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बाघले तीन माउ गोही खायो 


    सोमबार, साउन ३० २०७९
    1.5K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । चितवनमा बाघले तीन घडियाल गोही खाएको छ । चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गोही प्रजनन केन्द्रका तीन घडियाल गोही बाघले खाएको हो । 

    दुई बाघ जुधेपछि घाइते भएको बाघले प्रजनन केन्द्रमा रहेका गोही खाएको निकुञ्जले बताएको छ । निकुञ्जका अनुसार बाघले गोही खाएको यहाँको यो पहिलो घटना हो ।
     
    निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले घाइते बाघले शिकार गर्न नसके गोहीलाई आक्रमण गरेको बताए । मानिसहरु छिर्ने गरेको होचो पर्खाल नाघेर बाघ प्रजनन केन्द्र छिरेको हो । सोही अवस्थामा १२ वर्षका माउ गोहीलाई बाघले आक्रमण गरेको उनले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार