Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भारतीय दुतावासले भारतको ७६ औं स्वतन्त्रता दिवस मनायो


    सोमबार, साउन ३० २०७९
    895
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपालस्थित भारतीय दुतावासले पनि भारतको ७६ औं स्वतन्त्रता दिवस मनाएको छ । 

    काठमाडौंको लैनचौरमा रहेको भारतीय दुतावासले सोमबार एक समारोहको आयोजना गरी सो स्वतन्त्रता दिवस मनाएको हो । भारतीय झण्डा फहराएर सुरु गरिएको कार्यक्रममा दुतावासका काउन्सिलर प्रशन्न श्रीवास्तवले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले राष्ट्रको नाममा दिनु भएको सन्देश पढेर सुनाउनु भएको थियो ।

    कार्यक्रममा भारतीय सेनामा रहेका मृतकका परिवारलाई समेत सम्मान गरिएको थियो । त्यस अवसरमा भारतीय स्वतन्त्रता आन्दोलनमा वीरगति प्राप्त गरेकाहरुको सम्मानमा गीत, संगीत प्रस्तुत गरिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार